रारा ताल हिउँले ढपक्कै, कृषक भने खुसी (तस्वीरसहित)

वीरबहादुर बम,मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । बिहबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिए जस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार शुक्रबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ ।  […]