काठमाडौं। जेन-जी आन्दोलनका क्रममा मृत्युवरण गरेकाहरूको सम्मानमा आज शवयात्रा गरिने भएको छ। आज साँझ ४ बजेबाट सुरु हुने शवयात्रा चक्रपथदेखि पशुपतिसम्म हुनेछ। पशुपतिमा पुर्याई उनीहरूको अन्त्येष्टि गरिनेछ। जेन-जी आन्दोलनमा हालसम्म सबैतर्फका गरी ७२ जनाले ज्यान गुमाएका छन्। यस आन्दोलनका मृतकहरूलाई सरकारले सहिद घोषणा गरेको छ।