श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे कही नलुकेको र उनी सिङ्गापुरबाट स्वदेश फर्कने अपेक्षा गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताएका छन् ।सन् १९४८ पछिकै सबैभन्दा खराब आर्थिक संकटलाई लिएर महिनौंदेखि चलेको आन्दोलनसँगै प्रदर्शनकारी राष्ट्रपति भवनमा प्रवेश गरेपछि ७३ वर्षीय गोटाबाया जुलाई ९ मा दरबारबाट गोप्य स्थानमा लुकेका थिए । उनी पहिलो पटक जुलाई १३ मा माल्दिभ्स भागेका थिए र त्यसको भोलिपल्ट सिंगापुर गएका थिए ।मन्त्रिपरिषद्को साप्ताहिक मिडिया ब्रिफिङमा गोटाबाया राजा