बेलायतमा २४ घन्टामा १०३ जनाको मृत्यु, २८ हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप  १०३ जनाको मृत्यु भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । गएको एक सातामा यहाँ ६२७ जना संक्रमितको मृत्यु भएको छ, जुन अघिल्लो हप्ताको तुलनामा २८.५ प्रतिशतले बढी हो ।यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या  हालसम्म एक लाख ३० हजार २८१  पुगेको छ । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, भारत मेक्सिको र पेरुपछि बेलायत छैटौं स्थानमा पर्दछ