निजी रूपमा विकसित पहिलो भारतीय रकेट शुक्रबार वायुमण्डलको माथिल्लो भागमा प्रक्षेपण गरिएको छ।भारतका लागि प्रमुख अन्तरिक्ष शक्ति बन्ने प्रयासमा यो अर्को कोसेढुङ्गा भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को प्रत्यक्ष भिडियोअनुसार आधा टनको विक्रम–एस रकेट स्थानीय समयअनुसार मध्याह्नअघि नै प्रक्षेपण गरिएको थियो।एजेन्सीका अनुसार ६ मिनेटपछि उक्त रकेट सकुशल समुद्रमा खसेको थियो। स्थानीय ‘स्टार्टअप स्काइरुट एयरोस्पेस’ले विकास गरेको यो रकेट पृथ्वीलाई बाह्य अन्तरिक्षबाट छुट्याउने