पोखरा महानगरका चार वर्षः अत्यावश्यक कानुनसँगै पूर्वाधार विकास

लामो समयको स्थानीय तहको रिक्तताका अवस्थामा नेतृत्व सम्हालेका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरू यतिखेर विभिन्न समस्या बाबजुद अपेक्षित उपलब्धि हासिल नभए पनि विभिन्न पूर्वाधार विकाससँगै आगामी दिनका लागि महत्वपूर्ण आधार निर्माण भएको दाबी गर्छन्।

सम्बन्धित सामग्री

सत्तासँग हारे मुख्यमन्त्री पाण्डे, मनाङेले जिते

५ चैत, पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे एकीकृत समाजवादी छाडेको भोलिपल्ट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । १४ वैशाखमा मुख्यमन्त्री बनेका मुख्यमन्त्री पाण्डेले लामो समय मनाङेलाई मन्त्री बनाउनुपर्ने दबाब अस्वीकार गर्दै आएका थिए । […]

विद्युत प्राधिकरणले काटिदियो गण्डकीको भौतिक मन्त्रालयको बिजुली

१९ कात्तिक, पोखरा । गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुली आपूर्तिको लाइन काटिएको छ । विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले आइतबार बिहान मन्त्रालयको बिजुली आपूर्ति बन्द गरिदिएको हो । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको छैन । पटकपटक ताकेता गर्दा पनि […]

अब मर्दी हिमालसँगै खुमैं, कोर्चाङ ट्रेकिङ जान शुल्क बुझाउनुपर्ने

१० कात्तिक, पोखरा । माछापुच्छ्रे गाउँपालिकाले आफ्नो पालिकाभित्रका पदमार्गमा आउने पदयात्रीबाट शुल्क उठाउने भएको छ । पदमार्गको पूर्वाधार विकास गर्न पदयात्रीबाट शुल्क उठाउने निर्णय गाउँ सभाले नै गरेको कार्यपालिका सदस्य राम गुरुङले जानकारी दिए । पालिकाभित्र पदयात्रा गर्न आउने विदेशी पदयात्रीलाई ५ सय र नेपाली पदयात्रीलाई १ सय रुपैयाँ तोकिएको छ । ‘यो यही हप्ताभित्रै लागू […]

व्यक्ति पोस्ने अनुदानमा सुधार, पूर्वाधार विकास कार्यक्रमको निरन्तरता

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि उत्पादनको आधारमा मात्रै अनुदान दिने भएको छ। उत्पादनअगावै किसानलाई अनुदान दिने प्रथाको अन्त्य गरेको छ। ‘खाद्यान्‍न, दुध, तरकारी, फलफूल, माछामासुमा आत्मनिर्भर हुन सहयोग पुग्ने गरी उत्पादनमा आधारित अनुदान उपलब्ध गराउन ७ करोड ३० लाख बजेट विनियोजन गरेको छु’, गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार बजेट प्रस्तुत गर्दै भने। […]

सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि आजबाट गण्डकी संसद सुरु हुँदै

पोखरा – निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध गण्डकी प्रदेशसभा साेमबारदेखि सुरु हुँदैछ । अर्थमन्त्री र मुख्यमन्त्रीबीचको छलफलमा उक्त कार्यक्रम पुनः बजेटमा राख्न अर्थमन्त्री रामजी बराल सहमत भएपछि साेमबार दिउँसो १ बजेका लागि संसद् बैठक डाकिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनको संयुक्त बैठकले दिएको निर्देशन समेत अटेर गरी बरालले उक्त […]

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम राख्न गण्डकीका अर्थमन्त्रीलाई दबाब

पोखरा, १६ असार । लामो समय सदन नचलेपछि निकास खोज्नका लागि बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले जुनसुकै हालमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम समावेश गराउन दबाब दिएको छ । अर्थमन्त्री रामजी बराललाई बोलाएर उक्त कार्यक्रम समावेश गरी बजेटमाथिको छलफल प्रारम्भ गर्न सहजीकरणका लागि माओवादीले दबाब दिएको हो । ‘सबैले चाहेको कार्यक्रम हो त्यो । […]

पोखरा महानगरद्वारा आठ अर्ब ७७ करोडको बजेट सार्वजनिक

काठमाडौँ- भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, […]

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना

सानो रकमले जनताका साझा समस्याको समाधान गर्न सकिन्छ भन्ने यहाँको एक सुकुम्बासी बस्तीका बासिन्दा उदाहरणीय बनेका छन् । पोखरा महानगरपालिका–१५ पट्नेरीस्थित सुकुम्बासी बस्तीबीचको बाटो ढलान गरेपछि सो क्षेत्रका बासिन्दाले यतिखेर केही हदसम्म भए पनि सुविधासहित सुरक्षाको अनुभूति गरेका हुन् ।निर्वाचन क्षेत्र पूर्वाधार विकास योजना गण्डकी प्रदेशको रु तीन लाखसहित रु साढे पाँच लाखको लागतमा नाला र  सात मिटर चौडाइको ६० मिटर लम्बाइ बाटो ढलान गरिएको गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्मा समक्ष स्थान

विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारमा हुन्डाई नेपाल

काठमाडौं (अस) । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीको पूर्वाधार विकास र सेवा विस्तारलाई अगाडि बढाउने भएको छ । कम्पनीले विद्युतीय गाडीको कर घटाउने सरकारको निर्णयको स्वागत गर्दै बजार विस्तार गर्न थालेको हो । नेपालमा हाल हुन्डाईका विद्युतीय कारमा कोनका र आइकोनिक दुई मोडल छन् । कम्पनीले राजस्व घटेपछि विद्युतीय गाडीमा उपभोक्ता आकर्षित हुने जनाउँदै इभी बेच्न चार्जिङ स्टेसनमा ठूलो लगानी गर्ने बताएको छ । कम्पनीले नेपालका विभिन्न २१ ठाउँमा चार्जिङ प्वाइन्ट स्थापना गरेको छ भने ती प्वाइन्टमा हुन्डाईका गाडीले निःशुल्क चार्ज गर्ने सुविधा पाउनेछन् । अटो मोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय क्षेत्रमा आफ्ना ईभी गाडीको बिक्री बढ्ने अपेक्षा गरेको छ । सरकारले विद्युतीय गाडीमा कर घटाएकाले हुन्डाईका विद्युतीय गाडीको शुल्क पनि घटेको कम्पनीले बताएको छ । एलआई अटो सर्भिस कुपन्डोल, एलआई क्विक्स तिनकुने, लबिम मल पुल्चोक, न्यू शिवा सर्भिस सिनामंगल, हुन्डाई सेल्स नक्साल, हुन्डाई सेल्स थापाथली, बाराही सर्भिस सेन्टर पोखरा, विन्ध्या सर्भिस सेन्टर पोखरा, पोखरा ग्रान्ड होटल, जगत मोटर्स भैरहवा, सिद्धिविनायक सर्भिस बुटवल, न्यू राइडर सर्भिस दाङमा कम्पनीका चार्जिङ प्वाइन्ट रहेका छन् । यस्तै, एचआइएम इन्टरकन्टिनेन्टल नेपालगञ्ज, दिनेश फोर ह्विल धनगढी, अर्किड मोटोकर्प वीरगञ्ज, रोयल अटो वल्र्ड विराटनगर, पाथिभरा अटो लिंक इटहरी, पिनाकल सर्भिस भरतपुर र एलाइन्स मोटर्स बिर्तामोडमा कम्पनीका चार्जिङ प्वाइन्ट छन् । राजस्व घटेपछि हुन्डाई कोनका सय किलोवाट ब्याट्री भएको मूल्य ५६ लाख ९६ हजार र कोनका १ सय ५० किलोवाट ब्याट्री भएको गाडीको ७१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेको छ । कम्पनीको आइकोनिक एक सय किलोवाट ब्याट्री भएको गाडीको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ पर्छ ।

प्रभावकारी बन्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम

गण्डकी । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ (क) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाको निर्माणले तीव्रता पाएको छ । सो क्षेत्रका प्रदेशसभा सदस्य, प्राविधिक तथा उपभोक्ता समितिको सामूहिक प्रयासका कारण निर्माणले तीव्रता पाएको हो ।       गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा र प्रदेशसभा सदस्य कृष्णबहादुर थापाबाट संयुक्तरूपमा सञ्चालित २ करोडका विभिन्न २४ ओटा योजनामध्ये ५० प्रतिशतको निर्माण सम्पन्न भइसकेको छ भने अन्य योजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका ७, १५, १७, २१ र ३३ गरी कुल पाँचओटा वडा रहेको उक्त निर्वाचन क्षेत्रअन्तर्गत सबैभन्दा बढी सडक निर्माणमा ८७ लाख, सिँचाइतर्पm २५ लाख, भवन निर्माणमा ३० लाख, उद्यान निर्माणमा १८ लाख र बाँकी विभिन्न विद्यालय एवं सामुदायिक भवनमा शौचालय निर्माण, सुरक्षाका लागि तारजालीलगायतका योजना छनोट गरी रकम विनियोजन गरिएको थियो ।      उपसभामुख शर्मा, प्रदेशसभा सदस्य थापा, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीसहितको एक टोलीले उक्त निर्माणकार्यको स्थलगत निरीक्षण गरेको गरेको थियो । टोलीले पोखरा–७ स्थित सुन्दरमार्ग बाटो ढलान तथा ढल निर्माण, घारीपाटन बाटो निर्माण, गहते उद्यान तारबार, श्रीकृष्ण माविमा भौतिक निर्माण, पोखरा–१५ एसओएस बालग्राम बहुउद्देश्यीय भवन निर्माण, शिव मन्दिरबाट होटल फूलबारी जाने बाटोको निरीक्षण गरेको हो ।       त्यसैगरी वडा नं १७ स्थित फेवाताल किनारास्थित ड्यामसाइड उद्यान फेवाताल छेउ तारबारसहित फुट ट्र्याक, ढुंगेसाँघु सीतापाइला आमा समूह भवन, पोखरा–२१ र ३३ का प्राथमिक स्वास्थ्यचौकी कृस्ति, संगमचोक महबारी ढलान बाटो, जिब्रेढुंगा र मालागिरि सामुदायिक भवनलगायत १३ ओटा योजनाको स्थलगत निरीक्षण गरी विकास निर्माणका बारेमा जानकारी लिएको हो । निरीक्षणपछि उपसभामुख शर्माले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको सानो रकमले विकास निर्माणमा स्थानीय बासिन्दालाई उत्साहित तुल्याएको धारणा राखिन् । टोल, छिमेकका आवश्यकता पहिचान गरी छनोट गरिएका योजना बढी उपयोगी एवं प्रभावकारी हुने उनको विश्वास छ । प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले कार्यक्रमको २ करोडले स्थानीय सहभागितामा पाँच करोडभन्दा बढीको विकास निर्माण भइरहेको बताए । रासस