नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ । सो अवधिमा उक्त मुल्यमा ९० भन्दा बढी विभिन्न प्रकारका घडी नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष ७७ करोड ३ लाख ८२ हजार रुपैयाँको नाडी घडी नेपालमा भित्रिएको छ । सोही सयमा ७ क