काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा अघि बढाउन सरकार अहोरात्र खटिइरहेको बताएका छन् । बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश जारी गर्दै उनले आर्थिक कारणले दसैँ कसैका लागि बोझ बन्न नहुनेमा सरकार सचेत रहेको उल्लेख गरेका छन् । विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने पर्वका रूपमा […]
मनोनयनपछि डा. शाहीले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा नेपाली क्यान्सर उपचार क्षेत्रकै गौरवका रूपमा लिएको बताएका छन्। उनले काउन्सिलमार्फत नेपालमा क्यान्सर उपचारको पहुँच विस्तार, अनुसन्धान, प्रविधि हस्तान्तरण र नीतिगत सुधारका लागि क्षेत्रीय विज्ञहरूसँग सहकार्य गर्ने बताएका छन्।
काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गर्ने भएका छन् । काँग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहाली कार्यक्रम आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार महाधिवेशनको मतगणना सम्पन्न भएपछि नवनिर्वाचित सभापतिको […]
३१ असोज, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका-१३ भैंटेपाटीमा आज बिहान ग्याँस बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
काठमाडौंबाट बनेपा जाँदै गरेको भारतीय नम्बर प्लेटको ग्याँस बुलेटले सोही दिशातर्फ …