भारतसँग दुस्मनी हैन, मित्रता चाहन्छाैँ : तालिबानी विदेशमन्त्री मुक्तकी

काठमाण्डाै - अफगानिस्तान कब्जा गरेको तालिबानले भारतसँग दुस्मनी नभइ मित्रता चाहेको बताएको छ। विदेशमन्त्री अमिर खान मुक्तकीले बीबीसीसँगको कुराकानीमा आफूहरुले भारतसँग कुनै रिस र दुस्मनी नभइ मित्रता चाहेको बताउनुभएको हो । भर्खरै पाकिस्तान भ्रमणबाट फर्किएका विदेशमन्त्री मुक्तकीले पाकिस्तानसँग सम्बन्ध बढाउनुको अर्थ भारतसँग दूरी बढाउनु नरहेको बताउनुभएको पनि खबरमा उल्लेख छ । तालिबान सरकारले कुनै पनि देशसँग मित्रवत व्यवहार गर्ने भन्दै विदेशमन्त्रीले रुस, चीन, भारतलगायतका ठूला देशसँगको सम्बन्ध सुमधुर बनाउने बताउनुभएको छ ...