कतारमा बसोबासको नियम उल्लङ्घन गरेका विदेशी नागरिकलाई कानुनी अवस्था सच्याउन समय थप

काठमाण्डौ –  कतारमा बसोबासको नियमलाई उल्लङ्घन गरेका विदेशी नागरिकले आफ्नो कानुनी अवस्था सच्चाउने समयावधि कतार सरकारले बढाएको छ ।  विभिन्न कारणले कतारमा बसोबासको नियम उल्लङ्घन गरेका तर आफ्नो कानुनी अवस्था सच्याई कतारमै बस्न चाहने वा स्वदेश फर्किन चाहनेहरूले आउँदो वैशाख १७ अर्थात् अप्रिल ३० सम्मको समय पाउने भएका हुन् ।  कतारमा बसोबासको नियम, काम गर्ने भिसाको नियम, घरेलु श्रमिक र पारिवारिक बसोबासको नियम उल्लङ्घन गरेकाहरूले यो अवसरको फाइदा लिन सक्नेछन् ।  रोजगार भिसामा कतार गएर कतारी आईड...