धनगढी : गण्डकी प्रदेशको पोखरा र सुदूरपश्चिमको धनगढी सीधा हवाई उडानबाट जोडिने भएका छन्। बुद्ध एयरले आज (बुधबार) कैलालीको धनगढी–पोखरा सीधा उडान शुरु गरेको हो। बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध स्थापित भएको जनाएको छ। आज शुरु हुने उडानको एक कार्यक्रमबीच उद्घाटन गर्ने तयारी भइरहेको बताइएको छ।बुद्ध एयरका अनुसार धनगढी–पोखरा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान भर्नेछ। सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यव