सर्लाहीमा साझेदारी वनबाट सालको तस्करी, वन कार्यालय र समिति रमिते

सर्लाही : सर्लाहीको हरिपुर–१ र हरिवन–६ मा पर्ने जानकीनगर साझेदारी वनमा सालको चोरीतस्करी बढेको छ।साझेदारी वनका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुख कटान गरेर तस्करी भइरहेको स्थानीयले बताएका छन्।घना जंगलमा तस्करले छानीछानी सालका रुख काटिरहेका छन्। वनमा गस्तीसमेत बढाइएको छैन। वनमा कटान भइरहँदासमेत वन कार्यालय र साझेदारीका पदाधिकारी मौन बसेका आरोप स्थानीयले लगाएका छन्।हरिपुरको जानकीनगर र हरिवनको घुर्कौलीको बीचमा रहेको झण्डै १ हजार २ सय हेक्टरमा फैलिएको ज