ग्रीसमा भएको डुंगा दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पाकिस्तानमा आज राष्ट्रिय शोक

काठमाडौं : गत हप्ता ग्रीसमा भएको डुंगा दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शोकमा पाकिस्तानले आज राष्ट्रिय शोकको घोषणा गरेको छ। ग्रीसको तटीय क्षेत्रमा भएको डुंगा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको थियो। ज्यान गुमाउनेमा अधिकांश पाकिस्तानी, सीरियाली लगायत मध्यपूर्वी देशका आप्रवासी नागरिक थिए। दुर्घटनामा परेका कम्तीमा ५ सय मानिस बेपत्ता भएको संयुक्त राष्ट्र संघले जनाएको छ।  लिबिया हुँदै सामुद्रिक बाटो भएर अवैध रुपमा इटाली प्रवेश गर्न लागेको डुंगा ग्रीसको तटीय क्षेत्रमा पल्टिएक