नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले गरेको व्यवसायिक प्रगतिलाई राज्यले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४३ औँ वार्षिक साधारणसभालाई विहीबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रले व्यावसायिक प्रगति गर्दा समग्र मुलुकको आर्थिक विकास र समृद्धिमा सहयोग पुग्ने बताउँदै यसलाई राज्यले सकारात्मक रुपमा लिनुपर्ने बताए । निजी क्षेत्रले तिर्ने राजश्व र करबाट राज्यले पूर्वाधार निर्माण र आर्थिक गतिविधि विस्तार गर्न