मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटी सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालीटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिर्सोट तथा रेष्...