एमाले बैठक : आगामी मंसिरमा महाधिवेशन, १० बुँदे कार्यान्वयनलाई ६ सदस्यीय कार्यदल गठन

एमालेले १० बुँदे सहमतिका आधारमा जेठ २ अघिका सबै संगठनहरू क्रियाशील गराउने निर्णय गरेको छ । पार्टी एकताका लागि तय भएको १० बुँदे सहमति इमान्दार रुपमा कार्यान्वयनका लागि  ६ सदस्यीय कार्यादल पनि गठन गरेको छ । कार्यादलमा  उपाध्यक्ष भीम रावल, महासचिव  ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, विष्णु पौडेल र लेखराज भट्ट छन् ।