फ्रान्स र जर्मनीका नेताहरुले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनलाई यूक्रेनका राष्ट्रपतिसँग प्रत्यक्ष र गम्भीर वार्ता गर्न आग्रह गरेको जर्मन चान्सलरको कार्यालयले जनाएको छ। इम्यानुअल म्याक्रोन र आलोफ स्कोजले पुटिनसँग ८० मिनेट फोनमा कुरा गरेका थिए। यी दुईले ‘यूक्रेनमा तत्काल युद्धविराम र युक्रेनबाट रुसी सेना फिर्ता गर्न जोड’ दिएको चान्सलरको कार्यालयले जनाएको छ। जवाफमा रसियाका नेताहरुले मस्काउ […]