टेलिफोनको टावर बिग्रिएपछि उत्तरी हुम्लावासी सञ्चार सम्पर्कविहीन

हुम्ला : नाम्खा गाउँपालिकाको याङ्गारको इलिङ्गकाँदमा रहेको नेपाल टेलिकमको टावर बिग्रेपछि स्थानीयवासी सञ्चार सेवाबाट बिच्छेद भएका छन्। टेलिकम हुम्ला शाखाले राखेको टावरमा खराबी आउँदा नाम्खा गाउँपालिकाका सेवाग्राही मर्कामा परेका हुन्। टावरले काम नगरेपछि नाम्खागाउँपालिकाको मुचु, यारी, याँल्वाङ्ग, याँगार, ...

सम्बन्धित सामग्री

लामोसाँघु–सिँगटी प्रसारण लाइन : सिंगल सर्किट तार तान्ने काम सम्पन्न

दोलखा (अस) । लामोसाँघु–सिँगटी १३२ केभी प्रसारण लाइन आयोजनाको सिंगल सर्किट तान्ने काम सकिएको छ । जग्गा विवाद तथा भारतीय ठेकेदार सम्पर्कविहीन भएकाले लामो समयसम्म अलपत्र परेको आयोजनाको सिंगल सर्किट तार तान्ने काम हालै सम्पन्न भएको हो । डबल सर्किट तार तान्नुपर्नेमा हाल सिंगल सर्किट तार तान्ने काम सकिएको लामोसाँघु–सिँगटी प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले जानकारी दिए । सिंगल सर्किट तार तान्ने काम सकिएर अहिले ओपीडीडब्लू (सबस्टेशनमा डेटा पठाउने तार) तान्ने काम भइरहेको उनको भनाइ छ । ओपीडीडब्ल्यू तान्ने काम पनि दोलखामा सकिएको र सिन्धुपाल्चोकमा करिब ९ किलोमिटर बाँकी रहेको आयोजनाले बताएको छ । यस्तै कतिपय टावरमा प्रोटेक्सनको काम गर्न बाँकी रहेको र इन्सुलेशन टेस्टिङको काम भइरहेको जानकारी दिइएको छ । लामोसाँघुको सबस्टेशन सिंगल सर्किट प्रसारणका लागि उपकरण जडान सकिएर परीक्षणको क्रममा छ । सिँगटी सबस्टेशनमा भने अहिले १३२ केभीमा जलविद्युत् केन्द्रबाट आएको विद्युत् पठाउन सक्ने संरचना तयार भए पनि ३३ केभीको लाइनबाट आउने विद्युत् प्रसारण गर्ने संरचना तयार भइनसकेको आयोजना प्रमुख ढुंगेलले बताए । कुनै समस्या नआई काम अगाडि बढेमा  सिंगल सर्किटबाट विद्युत् प्रसारण गर्न प्राविधिक काम एक महीनामा सकिने जानकारी उनले दिए । ४० किलोमिटर लामो प्रसारण लाइनमा १२४ टावर छन् । विद्युत् परीक्षण उत्पादन सकेको २५ मेगावाटको सिँगटीखोला र १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ । दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेका आधा दर्जनभन्दा बढी आयोजना यही प्रसारण लाइनको पर्खाइमा छन् । विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारण लाइन र लामोसाँघु तथा सिंगटीको सबस्टेशनसमेत निर्माण गनुपर्ने जिम्मा कम्पनीको थियो । सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयाँमा उक्त कम्पनीले ठेक्का लिएको हो । ठेकेदार कम्पनी पहिलोपटक म्याद थप भएपछि सम्पर्कविहीन भयो । अहिले ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रीनलाइफ हाइड्रोपावरले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।

सिंगटी–लामोसाँघु प्रसारण लाईन एक महीना भित्र चार्ज हुने

वैशाख १४, दोलखा । सिंगटी–लामोसाँघु प्रसारण लाईन एक महिनाभित्र चार्ज हुने अवस्थामा पुगेको छ । एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन १३२ केभी प्रसारण लाईनको कामले गति लिएपछि एक महीनाको अवधिमा चार्ज हुने अवस्थामा पुगेको हो । प्रसारण लाईन चार्ज हुने अवसथामा पुग्न प्राविधिक रुपमा एक महीनाको काम बाँकी रहेको सिंगटी–लामोसाँघु प्रसारण लाईन आयोजनाका प्रमुख राजन ढुंगेलले बताए । अब सिन्धुपाल्चोकमा एउटा टावरमात्र निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । ४० किलोमिटर लामो प्रसारण लाइनको २० किलोमिटर जति डबल सर्किट लाइनसमेत तानिसकेको उनले बताए । केही ठाउँमा अधिग्रहणमा जग्गा मूल्यांकनको विवाद भए तापनि पछिल्लो समय तारमुनि पर्ने जग्गा मूल्यांकनमा परेको छ । मन्त्रिपरिषद्बाट सम्पर्क अधिकारी तोक्न ढिलाइ हुँदा जग्गाको मूल्यांकनमा ढिलाइ भएको उनले बताए । अब सम्पर्क अधिकारीसमेत तोकेकाले काममा ढिलाइ नहुने उनको अनुमान छ । ४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावर छन् । एक महीना भित्रमा सिंगल सर्किट तानी सकिने तथा उत्पादित विद्युत् सो तारबाट  प्रसारण गर्न सकिने आयोजना प्रमुखको भनाइ छ । लामोसाँघु तथा सिंगटीमा रहेको सबस्टेशनको निर्माण कार्य अन्तर्गत उपकरण जडाको चरणमा रहेको छ । विद्युत् परीक्षण उत्पादन सकेको २५ मेगावाटको सिंगटीखोला तथा १० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ । दोलखाको उत्तरी क्षेत्रमा निर्माण सम्पन्न हुने चरणमा रहेको आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरु यही प्रसारण लाईन कुरेर बसेका छन् । विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सवस्टेसनसमेत निर्माण गर्ने रहेको थियो । तर १० वर्ष वितिसक्दा समेत प्रसारण लाइन निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौताअनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपैयाँमा अरावलीले ठेक्का लिएको हो । ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्कविहीन भयो । अहिले ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रिनलाइफ हाइड्रोपावर कम्पनीले अरावली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।