काठमाडौँका ३ स्थानमा हस्तकला कोसेली मेला आयोजना हुँदै

नेपाल हस्तकला महासंघले कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ।महासंघले कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्साल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्ण गल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने जनाएको छ ।मेलाका संयोजक विक्रम सिंह महर्जनका अनुसार मेलामा २५ वटा स्टल र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको छ ।मेला संयोजक महर्जनले स्टलमा पहिलो प्राथमकिता महासंघका सदस्यलाई दिईने छ । महासंघमा सदस्य नरहेकाहरुले स्टलको भाडामा कुनै छुट पाउने छैनन् ।