गेटाफेसँग रोकियो रियल

स्पेनिस लालिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड गेटाफेसँग बराबरीमै रोकिएको छ । आइतबार राति गेटाफेको कोलिसियम अल्फेन्सो पेरेज रंगशालामा दुुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चोट र कोरोनाका कारण थुप्रै प्रमुख खलाडी बिना रियल मैदानमा उत्रेको थियो । करिम बेन्जामा र  टोनी क्रुसलाई भने आइतबारको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका थिए ।खेलमा रियलका गोलकिपर थियाबट कोर्टवाले थुप्रै बचाऊ गर्दै रियललाई हारबाट जोगाएका थिए । रियलका लागि भिनियस जुनियरको प्रयास गोलमा परिणत हुन सकेन ।बराबरीपछि