बिहीवार निर्वाचनको मिति घोषणा नभए देशभर आन्दोलन गर्ने एमालेको निर्णय

सरकारले स्थानीय तहको निर्वाचन मिति नतोके देशभर दबाबमूलक कार्यक्रम गर्ने निर्णय एमालेले गरेको छ । बुधवार बसेको भक्तपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति नतोके देशभर दबाबमूलक कार्यक्रम आयोजना गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।  त्यसै गरी  एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–१ र सुदूरपश्चिममा भएको अनुशासन उल्लंघन र अन्तर्घातको छानबिन र कारवाहीका लागि सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय पनि गरेको छ । सचिवालय बैठ...