को हुन् तुलसी गौडा, जो खाली खुट्टा पद्मश्री पुरस्कार थाप्न जाँदा मोदीले नमस्कार गरे ?

कर्नाटककी ७२ वर्षीय पर्यावरणविद् तुलसी गौडालाई नोभेम्बर ८ मा वातावरण संरक्षणमा योगदान पुर्याएको भन्दै पद्मश्री पुरस्कार प्रदान गरिएको छ ।  ‘इनसाइक्लोपीडिया अफ फरेस्ट’ भनेर चिनिने खाली खुट्टा हिड्ने पर्यावरणविद् तुलसी गौडा पद्मश्री पुरस्कारबाट सम्मानित भएकी हुन्। कर्नाटकको हलाक्की आदिवासी जनजाति गौडा गरिब र विपन्न परिवारमा हुर्केकी हुन्। उनले औपचारिक शिक्षा भनेलिएकी छैनन् तर  पनि‘ उनि इनसाइक्लोपीडिया अफ फरेस्ट’ भनेर चिनिन्छन्। विभिन्न प्रजातिका बोटबिरुवा र जडीबुटीहरूको  ज्ञान उनमा छ...