सत्य निरुपण विधेयक प्रस्तुत

बेपत्ता पारिएका व्यक्तिको सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा पेस भएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विधेयक पेस गर्नुभएको हो। विधेयकको सैद्धान्तिक छलफललगायतका प्रक्रिया भदौ १३ गतेपछि मात्र अघि बढ्नेछन्। प्रमुख प्रतिपक्षी दलको आग्रहमा बैठक भदौ १३ गतेसम्म स्थगित गरिएको छ। सरकारले असार ३१ गते प्रतिनिधि सभा सचिवालयमा विधेयक दर्ता गरेको थियो। कायम रहेका दुई आयोगको कार्यकाल बाधा अड्काउ फुकाउबाट तीन महिना थप गर्दै नयाँ विधेयक पनि अघि बढाउने निर्णय गरिएको थियो। यसअघिका पदाधिकारीको कार्यकाललाई सरकारले निरन्तरता दिएको थिएन। नयाँ विधेयकमा सरकारले आयोगको कार्यकाल एक वर्ष थप गर्ने प्रस्ताव पनि गरेको छ।