विश्वकपको  ट्रफी नेपालमा

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।ट्रफीको प्रदर्शनी भोलि मंगलबारबाट गरिने छ । ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ । बिहान ७:३० बजे सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ । त्यस्तै ट्रफी बुधबार भक्तपुर दरबारस्क्वारमा ११:३० बजेबाट प्रदर्शनीमा राखिने बताए । ट्रफी