नेपालमा चीन, अमेरिका र भारतको तानातान बढ्दैछ : बाबुराम

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्। नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताएका हुन्। उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए। संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा