टोकियो ओलम्पिकमा अमेरिकन पौडी खेलाडी ड्रेसलको विश्व कीर्तिमान

एजेन्सी, १६ साउन । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज सेलेब ड्रेसलले १०० मिटर बटरफ्लाईमा नयाँ विश्व कीर्तिमानसहित स्वर्ण जितेका छन् । आज (शनिवार) भएको फाइनलमा उनले ४९.४५ सेकेण्डको टाइमिङ निकाल्दै स्वर्ण जितेका हुन् । उनले सन् २०१९ को वर्ल्ड च्याम्पियनसिपमा आफैंले बनाएको ४९.५० सेकेण्डको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । हंगेरीका क्रिस्टोफ […]

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः अमेरिकाका ड्रेसलले जिते पाँचौ स्वर्ण

एजेन्सी। अमेरिकाका पौडी खेलाडी सेलेब ड्रेसलले टोकियो ओलम्पिकमा पाचौं स्वर्ण पदक जितेका छन्। उनले आज बिहान ४ गुणा १०० मिड्ले रिलेमा विश्व कीर्तिमान र पुरुष ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमानसहित स्वर्णपदक जितेका छन्। उनले यसअघि १०० मिटर बटरफ्लाई, १०० मिटर फ्रिस्टाइल र ४ गुण १०० मिटर फ्रिस्टाइल रिलेमा पनि स्वर्णपदक जितेका थिए।