झापा। कोरोनाको नयाँ भेरियन्टका कारण झापा जिल्लामा अहिलेसम्म एक सय ५४ जना संक्रमितको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाका अनुसार जिल्लामा हालसम्म चार हजार एक सय ८० जनामा संक्रमण पुष्टि भएको छ। झापा जिल्लामा हालसम्म तीन हजार संक्रमितहरु कोरोना मुक्त भएको तिमिल्सिनाले बताए।