प्रशासनले कार्यकर्ता रिहा गरे पनि सिके राउतले आन्दोलन फिर्ता लिएनन्

सिरहाको औरही गाउँपालिकाबाट गहुँको बिउ लुटपाट भएको विषयमा विवाद भएपछि सिके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन गरिरहेको छ । पुस ६ मा किसानहरूलाई निःशुल्क गहुँको बिउ वितरण गर्दा समयमै प्राप्त गर्न नसकेको भनेर केही व्यक्तिले बिउ भण्डारण गोदामको ताला तोडेर लुटेका थिए । त्यसबारे औरही गापा अध्यक्षले दिएको निवेदनका आधारमा स्थानीय मिथिलेश यादवलाई प्रहरीले आपराधिक उपद्रव मुद्दा चलाएको थियो ।सो विषयलाई लिएर जनमत पार्टीले पुस ११ मा विभिन्न ठाउँमा मशाल जुलुस र तत्पश्चात् ३ दिनसम्म आमहडताल, लोकमार्ग अव