प्रधानमन्त्री बन्न योग्य छु, चुनाव जितेपछि दाबी गर्छु : प्रकाशमान

काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले  प्रधानमन्त्रीका लागि  सबै किसिमबाट योग्य रहेको बताएका छन्। सिंहले  आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हर किसिमबाट योग्य रहेको बताएका हुन्।नेता सिंहले आफूले पार्टीका तल्लो स्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको जिकिर गरे। उनले देशको उपप्रधानमन्त्री बनिसकेको