सर्भर बन्यो, राहदानी बनेन !

गएको एक हप्तादेखि राहदानी विभागको सर्भरमा समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण पनि सुरु भएको छ । आइतवार विभागमा पुग्दा राहदानी वितरणको काम भइरहेको थियो । उसै त थामिनसक्नुको भिड हुने राहदानी विभागमा एक हप्ता वितरण ठप्प हुँदा झन भिड नहुने कुरै भएन । एक हप्ता समस्या देखिएर समाधान भएकोमा खुसी देखिनुहुन्थ्यो विभागका प्रवक्ता दुरपदा सापकोटा । सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समा...

सम्बन्धित सामग्री

एक लाख खर्च भयो तर बनेन राहदानी

कञ्चनपुरका सुवर्णराज पुरी राहदानीका लागि त्रिपुरेश्वरस्थित राहदानी विभाग धाउन थालेको छ महिना बित्यो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सिफारिसमा उहाँ पुसदेखि विभाग धाउन थाल्नुभएको हो ।

पासपोर्ट लिनेको भीड थेग्नै गाह्रो

गर्मी बढ्दै छ। तर, राहदानी विभाग अगाडिको भीड घट्दैन। कोही उँग्दै बसेका छन्। कोही पसिना पुछ्दै। रातिदेखि लागेको लाइन मिच्चिने डरले भोक तिर्खा भुलेका उनीहरूको एउटै उद्देश्य थियो'वैदेशिक रोजगारीका लागि राहदानी बनाउनू।' तर, भीड सरेन । बिहीबार दिनभर सेवाग्राहीले घाम छले तर, काम बनेन। दैनिक ५ हजार सेवाग्राही पुग्ने विभागको सर्भर डाउन हुँदा सेवाग्राही मर्कामा परे।विभागले बिहीबार सूचना निकाल्दै भन्यो, 'राहदानी विभागका लागि खोलिएको आज मिति २०७८ चैत १० गतेको बुकिङ फुल भएको छ। बुकिङ २०७८ चैत १३