काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ’सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गर्नुभएको थियो । […]