जनता समाजवादी पार्टी(जसपा) केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका नेता उनी पहिलो पटक चुनाव लड्न लागेका हुन् । तत्कालिन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा समेत सहभागी भएका उनी बाबुरामले माओवादी छोडेपछि सँगसँगै छन् । विद्रोहीले दलित मुद्धामा लामो समयदेखि लेख लेख्नुका साथै अभियान चलाउँदै आएका छन् ।