स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन

दाङ । भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्सिङ स्टाफहरुमाथि भएको आक्रमणको घटना छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । घटनाको पाँच दिनपछि सोमबार समितिले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको हो । समितिले अस्पतालमा रहेको सीसीटीभी फुटेज, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, घटनाका प्रत्यक्षदर्शी, पीडित चिकित्सक, नर्स र आक्रमणमा संलग्न...