अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोधमा अर्थमन्त्री र आपूर्तिमन्त्रीको पुत्ला जलायो

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिको विरोध गरेको छ । अध्यक्ष सुदेश पराजुली नेतृत्वको अखिलका विद्यार्थीले शंकरदेव क्याम्पसअगाडि अर्थमन्त्री जनार्दन शर्मा र आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्लासमेत जलाएका छन् । सो क्रममा प्रहरीले बल प्रयोग गर्दा सामान्य झडपसमेत भएको छ । प्रदर्शनको क्रममा ‘मूल्यवृद्धि फिर्ता गर’, ‘नालायक सरकार राजीनामा दे’, […]