निलम्बित प्रधानन्यायाधीश विरुद्ध महाअभियोग पारित गर्न मानव अधिकार तथा शान्ति समाजको माग

कपिलवस्तु- मानव अधिकार तथा शान्ति समाजले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ । शान्ति समाजको २४ ‍औँ बैठकबाट प्रधानन्यायाधीश विरुद्ध महाअभियोग माग गरेको अध्यक्ष गोविन्द खनालको जारी  वक्तव्यमा उल्लेख छ । मानव अधिकार तथा शान्ति समाजको बैठक कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ […]

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश जबराको बहिर्गमनको माग गर्दै विभिन्न जिल्लामा प्रदर्शन

मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र बहिर्गमनको माग गर्दै प्रदर्शन गरेको छ । मानवअधिकार संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालय अत्यावश्यक भएकाले प्रधानन्यायाधीश जबराले शीघ्र राजीनामा दिनुपर्ने, नभए महाभियोग लगाउन पनि समाजले सम्वद्ध सबै दलहरूलाई आग्रह गरेको छ ।धर्नालाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले प्रधानन्यायाधीशको कू कर्मले लोकतन्त्रको उपहास गरे