काठमाडौं : मंसिर नजिकिँदै गर्दा सुनचाँदीको भाउ उकालो लाग्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै भएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो।मंसिर महिनामा विहावारी धेरै हुने भएकाले यो महिनामा सामान्य अवस्थाको तुलनामा तीन गुणा बढी सुनको माग हुने गरेको व्यवसायी बताउँछन्। तर धेरै उपभोगको समयमा नै भाउ बढ्दा सुन किन्नुपर्नेहरु मारमा पर्ने देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार र चाँदीको भाउ ३० रुपैयाँ बढेको छ। शुक्रबार यता मात्रै सुनक