सुनसरी। धरान उपमहानगरपालिका–१५ नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा गर्ने कार्यमा संलग्न रहेको आरोपमा सोमबार ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ बस्ने विक्रम राई, सोही उपमहानगरपालिका–३ बस्ने सिजन राई, सोही उपमहानगरपालिका–४ बस्ने सरोज लिम्बु, सोही उपमहानगरपालिका–४ बस्ने बसन्त राई र सोही उपमहानगरपालिका–१५ बस्ने रेगन लिम्बु रहेका छन्।