कलाकार नआएपछि बर्जु महोत्सवमा आगजनी, भारतीय गाडी ताेडफाेड

काठमाडौं : सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको हो।आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो। महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुती तय गरेको थियो।कार्यक्रममा कलाकार नआएपछि आक्रोशित भीडले तोडफोड र आगजनी गरेको प्रहरीले जनाएको छ। तोडफोडमा उत्रिएकाहरूले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी गरेको प्रहरीले जना