प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौँमा आज जनप्रदर्शन गर्ने भएको छ। सर्वोच्च अदालतको परमादेश पछि निर्माण भएको गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतका चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो। दिउँसो २ बजे जनप्रदर्शन सुरु हुने एमालेले जनाएको छ। वसन्तपुरबाट सुरु हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभ