काठमाडौं । एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई रु १० लाख नगद पुरस्कारसहित सम्मान गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता […]
वाग्मती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई १० लाख रुपैयाँसहित सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा असोज ३ गते हेटौंडामा बजारपरिक्रमासहित कांस्य पदक विजेता पलेशालाई सम्मानित गरिनेछ ।
काठमाडौं (हाम्रो खेलकुद) – काजोल म्युजिक प्रालिले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो […]