ओलीप्रति लक्षित गर्दै माधव नेपालले भने- ‘अर्ली इलेक्सन’ चाहनेहरूको पत्तासाफ हुन्छ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले  ‘अर्ली इलेक्सन’ चाहनेहरूको आउँदो चुनावमा पत्तासाफ हुने बताएका छन् । सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै तत्काल चुनाव चाहनेहरूको पत्तासाफ हुने बताएका हुन् । उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउने विषयमा गठबन्धन दलसँग छलफल नभएकोसमेत बताए ।  प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको आन्तरिक काममा लागेकोले छलफल नभएको बताए । कांग्रेसको महाधिवेशनपछि थप ...