प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव: काबिल र समर्पित सहयोद्धाहरूको साथ लिएर काम गर्नुस्

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले समर्पित र काबिल सहयोद्धाहरूको साथ लिएर जनपक्षिय काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्। विश्व बाघ दिवसको अवसरमा बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले भने, 'प्रधानमन्त्री मात्रै पर्याप्त हुँदो रहेनछ। सहयोगी, सहयोद्धाहरू पनि त्यस्तै काबिल चाहिन्छ,समर्पित चाहिन्छ,सिर्जनात्मक चाहिन्छ।' आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरू राम्रो भएकाले प्रकृति संरक्षणमा राम्रो काम गरेको उनको भनाइ थियो।