काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २६ दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ७५ दशमलव ९० विन्दुमा झरेको छ ।
बजार घटेकाे दिन सबै समूहको शेयर ओरालो लागेको छ । आज दुई सय ६० वटा कम्पनीकाे ४७ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ६६ करोड ६९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै हिमालयन बैंकको शेयर साढे छ प्रतिशत तथा नेपाल इन्सुरेन्स कम्पनी, खप्तड लघुवित्त र आ...