काठमाडौं। अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकुहरूले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन्। उनीहरूले तखार प्रान्तको राजधानी तालुकान आइतबारदेखि नियन्त्रणमा लिएको दाबी गरेका हुन। अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही लडाकुहरूले अफगानिस्तानमा आफ्ना गतिविधिहरूलाई तीव्र बनाएका छन्। राजधानी कब्जामा लिएसँगै तखार प्रान्तका धेरै सार्वजनिक संरचना निष्क्रिय जस्तै भएका छन्।