अशान्त बन्दै मोरङ कारागार, फेरि कैदीको मृत्यु

जिल्ला कारागार मोरङमा १ कैदीको मृत्यु भएको छ । जबरजस्तीकरणी मुद्दामा ७ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो । उपचारकै क्रममा कोशी अस्पतालमा शर्माको मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोख्रेलले बताए । ‘प्रेसर लो’ भएका कारण उनको मृत्यु भएको चिकित्सकले बताएका उनले जानकारी दिए । ‘राति एक्कासि बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल लगेका थियौं,’ पोख्रेलले भने, ‘उपचारमा संलग्न चिकित्सकले लैजान सल्लाह दिएपछ...