झापा – राष्ट्रिय भूमि आयोगले नेपालमा पहिलो झापाको बुद्धशान्ति गाउँपालिकाबाट अव्यवस्थित बसोबास रहेका घरपरिवारलाई जोतभोग गरेको ऐलानी जग्गाको धनीपुर्जा उपलब्ध गराउने काम शुरु गरेको छ । शुक्रबार बुद्धशान्ति गाउँपालिका कार्यालय परिसरमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशवप्रसाद निरौलाले बुद्धशान्ति गाउँपालिका वार्ड नं २ का २८ जना नागरिकलाई जग्गा धनीपुर्जा वितरण गरेका हुन्। गाउँपालिकाका […]