विश्वकै ठूलो रक्षा सम्झौता गर्दै भारत, ११४ लडाकु विमान किन्ने
राफेल सम्झौताको विषयलाई लिएर कंग्रेस सरकारमाथि खनिएकै समयमा मोदी सरकार विशाल रक्षा सम्झौता गर्ने तयारीमा जुटेको छ । मोदी सरकार ११४ नयाँ लडाकु विमान खरिद गर्नका लागि तयारीमा देखिएको छ । यो हालसम्मकै विश्वकै सबैभन्दा ठूलो रक्षा सम्झौता हुनेछ ।
फ्रान्स र संयुक्त अरब इमिरेट्स(यूएई) बीच शुक्रबार एक महत्त्वपूर्ण रक्षा सम्झौता भएको छ । यूएईले फ्रान्ससँग ८० रफाल लडाकु विमान र १२ सैन्य हेलिकोप्टर किन्ने सम्झौता गरेको छ ।