जनमत पार्टीका कार्यकर्ताले गरे तेल ट्याङ्करमा तोडफोड

जनकपुरधाम : सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले लोकमार्ग अवरुद्ध गर्ने क्रममा सिरहामा तेल ट्याङ्करमा तोडफोड गरेका छन्। नरहा गाउँपालिका-३ नयाँ चोहर्वामा प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा गाडीको अगाडिको सिसा फुटेकाे छ। मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना.४.ख १७९८ नम्बरको तेल ट्याङ्करमा जनमतका कार्यकर्ताहरूले तोडफोड गरेका हुन्।जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट एक प्रहरी हवल्दार पनि  घाइते भएका छन्। पर्साको पोखरीया नगरपालिका-२ लम्हरीयाका प्रहरी हवल्दार लालबाबु अंसारी घाइत