सुरेन्द्र पाण्डेले भने, ‘दुई नेताको कुरा सकारात्मक छ’

काठमाडौं। नेकपा एमालेका नेता एवं कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले दुई नेताबीच छलफल सकारात्मक भएको बताएका छन्। वार्ता स्थलबाट बाहिरिँदै उनले केही समय ओली र नेपालबीच वान टु वान वार्ता भएको बताए। नेपाल पक्षीय वार्ता टोलीका संयोजक भीम रावलले एकतालाई कसरी अघि बढाउने र सकारात्मक परिणाममा कसरी लैजाने भन्ने विषयमा छलफल भएको बताए। बिहीबार पनि दुवै पक्षबीच वार्ता हुने जनाइएको छ।