उपत्यकामा आज भेटिए, ६ हजारभन्दा बढी संक्रमित

काठमाडौं : उपत्यकामा आज ६ हजार १७२ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर १२ हजारभन्दा बढीमा कोरोना संक्रमित भेटिँदा उपत्यकामा ६ हजार १७२ जना संक्रमित भेटिएका हुन्।आज काठमाडौंमा ४ हजार ८७५ जना, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना रहेका छन्। हाल काठमाडौंमा  ४१ हजार ६३३ जना, ललितपुरमा ९ हजार ६६८ जना र भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय संक्रमित रहेका छन्।